PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

एमाले अध्यक्ष केपी ओलीको दाबी : सत्ताधारीले बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याए



पहिलोपोस्ट

एमाले अध्यक्ष केपी ओलीको दाबी : सत्ताधारीले बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याए

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी दलका नेताहरुले आफुलाई बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याइरहेको दावी गरेका छन्।
 
एमालेले शुरु गर्न लागेको मेची–महाकाली अभियानबारे जानकारी दिन पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘तिमी मान्छौँ कि बाह्य शक्ति लगाइदिउँ भनेर धम्क्याइरहेका छन्।'

उनले धम्क्याएको दावी गरे पनि कसले धम्क्याएको हो सो भने खुलाएनन्। उनले केवल सत्ताधारी भनेर माओवादी केन्द्र र नेपाली कांग्रेसका नेतातर्फ संकेत मात्रै गरे।

सार्वजनिक लेखा समितिको नेतृत्व सत्तापक्षले लिएकोमा उनले अशन्तुष्टि जनाए। लोकतन्त्रमा लेखा समितिको नेतृत्व प्रतिपक्षले गर्ने चलन भए पनि सरकार आफैँले लिएकोमा कटाक्ष गर्दै उनले प्रतिपक्ष पनि सरकारमा रहेका दलनै बन्न प्रस्ताव गरेका थिए। लेखा समितिको सभापतिमा मा‌ओवादी केन्द्रका सा‌ंसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका थिए। 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकले मंगलबार वाइसिएलको कार्यक्रममा गरेको सम्बोधनप्रति ओलीले आपत्ति जनाए। उनले प्रचण्डलाई विचार पुर्‍याएर बोल्न सुझाव दिँदै  भने ' प्रधानमन्त्रीले राष्ट्रवादका नाममा उग्रबामपन्थको विरोध गर्न थालिसके प्रतिकारमा उत्रिनुस् भनेर आइसिएललाई निर्देशन दिनुभयो।' प्रधानमन्त्रीले भिड्न निर्देशन दिए पनि आफुले पनि आउनुस्, भिडौँ भन्न नमिल्ने बताउँदै उनले
प्रधानमन्त्रीले अलि सोचविचार गरेर बोले राम्रो हुने बताएका थिए।

उनले सामाजिक सञ्वालमा चलेको लम्पसारवाद ट्रेण्ड साह्रै चित्तबुझ्दो रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell