PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर : मन्त्री लेखक



पहिलोपोस्ट

निर्वाचनको वातावरण बनाउन सरकार गम्भीर : मन्त्री लेखक

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले एक/दुईभित्रै निर्वाचन आयोगलाई चुनावको तयारी गर्न सरकारले पत्र पठाउने तयारी भइरहेको बताएका छन्।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री लेखकले भने, ‘सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर रुपमा लागिपरिरहेको छ, कानुनी प्रबन्ध मिलाउन ऐन तथा कानुनहरु संसदबाट कतिपय पारित भैसकेका छन् भने कतिपय पारित हुने क्रममा छन्। निर्वाचन आयोगलाई सरकारले केही दिनभित्रै औपचारिक रुपमै तयारीको आग्रह गर्छ।’

मन्त्री लेखकले निर्वाचनको लागि राजनीतिक वातावरण बनाउनुपर्ने भएकोले सरकारले अहिले त्यसको लागि पनि विशेष पहलकदमी लिइरहेको जनाए।

उनले संविधान कार्यान्वयनको लागि पनि निर्धारित मितिभित्रै तीन वटै तहको निर्वाचन गर्नुपर्ने आवश्यकता औंल्याउँदै त्यसको लागि संविधान संशोधनमार्फत सबैलाई संविधानको स्विकार्यता बढाउनुपर्ने भएकोले सरकारले संसदमा संविधान संशोधन प्रस्ताव टेबुल गरेको जिकिर गरे।

त्यस्तै उनले मेलम्ची खानेपानी परियोजनाको काम भैरहेकोले काठमाडौं उपत्यका लगायत अन्य ठाउँमा सडक समस्या देखा परेको स्वीकार गर्दै उनले केही समयमा नै सबै समस्यमा समधान हुने दाबी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell