PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

कागजबाट निर्मित कप उद्योग सञ्चालनमा



पहिलोपोस्ट

बनेपा : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ बुडोलमा कागजबाट निर्मित कप उद्योग आजदेखि सञ्चालनमा आएको छ।
 
व्यवसायी शान्तिरत्न शाक्य, वसन्तराज भोछिभया, साजन शाक्य, सुरेश भोछिभया र रोशन श्रेष्ठ लगायतको करिब रु सात करोडको लगानीमा सो उद्योग सञ्चालनमा आएको हो।
 
‘महाचण्डी शुभश्री इन्डष्ट्रिज’ कम्पनीबाट उत्पादन हुने कागज निर्मित कपका लागि आवश्यक कच्चा पदार्थ भारत र चीनबाट आयात गरिने कम्पनीका प्रबन्ध निर्देशक वसन्तराज भोछिभयाले जानकारी दिए।
 
उद्योगमा रहेका दुईवटा मेसिनबाट दैनिक ३० हजारदेखि ५० हजारवटा कपको उत्पादन हुने गरेको छ। सुरुवातमा दैनिक रु १० हजार आम्दानी भएको उनको भनाइ छ। 'अहिले कपको मात्रै उत्पादन सुरु गरेका छौँ चाँडै पेपर प्लेट र नेपकिनसमेत उत्पादन सुरु गर्छौँ,' भोछिभयाले भने। बजारमा प्लास्टिकको भाँडा विस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र यसको मुख्य बजार काठमाडौँ भएको उनले बताले।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell