PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​एक वर्षको विश्रामपछि संसद् फर्किए नरहरी : 'शरीरले साथ देलाजस्तो छ, अब सक्रिय हुन्छुु'



पहिलोपोस्ट

​एक वर्षको विश्रामपछि संसद् फर्किए नरहरी : 'शरीरले साथ देलाजस्तो छ, अब सक्रिय हुन्छुु'

काठमाडौं : ब्राउन कलरको कोट। मिलाएर काटेको जुङगा। उही हसमुख मुहार। झन्डै एक वर्षको विश्रामापछि बुधबार संसद् फर्कँदा काङ्ग्रेस सांसद नरहरी आचार्य निक्कै प्रफुल्ल देखिए।

उनलाई संसद् परिसरमा देख्दा सांसदहरु र सञ्चारकर्मी र संसद्का मर्यादापालकसमेत खुसी देखिएका थिए।

अकस्मात् बिरामी हुँदा गत माघ २६ बाट उनी चाहेर पनि संसदीय गतिविधिमा संलग्न हुन सकेका थिएनन्। करिब एक वर्षको उपचारपछि उनी माघ १९ बुधबार संसद् फर्किए।

संसद् परिरसरमा भेटिएका उनी सबैको अभिवादन मन्द मुस्कानसाथ स्वीकार गरिरकेका थिए। उनी केही सहयोगीसाथ सरासर संसद् बैठक कक्षमा गए र स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी प्रतिवेदन पेश हुने कार्यतालिकामा सहभागी भए।

सभामुख ओनसरी घर्तीको स्वास्थ्यका कारण धेरै लामो चलेन संसद्। प्रतिवेदन बुझेर संसद बैठक स्थगित भएपछि उनी केही सांसदसँग भलाकुसारी गर्दै बाहिरिए।

'मलाई चिकित्सकले गर्ने थप कुनै उपचार रहेनछ। अहिले फिजियोथेरापी गरेर बसेको छु,' उनले भने' डाक्टरले धेरै अगाडिबाट सक्रिय भए हुन्छ भनेका थिए, अहिले सक्छु जस्तो लागेर संसद् आएँ' उनले भने।

 ♦ ♦ ♦♦♦♦

२०७२, माघ २६ को बिहान।
नेपाली काङ्ग्रेसको महाधिवेशनको तयारीकै क्रममा पार्टी सभापति सुशील कोइरालाको अकस्मात निधन भयो। उनको निधन भएको सुने लगत्तै महाराजगञ्जमा बस्दै आएका आचार्य कोइरालालाई हेर्न महाराजगञ्जमा रहेको कोइराला निवास पुगेका थिए।

उनी पुग्दा कोइरालाको शव उनकै कोठामै थियो। शव निकालियो। त्यहीँ बसेको पार्टी पदाधिकारीको बैठकमा उनी पनि सहभागी भए।
बैठक सकाएर कोइरालालाई श्रद्धाञ्जली दिए अनि उनी बाहिरिँदै थिए अकस्मात् बेहोस भएर ढले। उनलाई त्यहाँ रहेका अन्य काङ्ग्रेस नेताले तत्काल गाडीमा राखेर सहीद गङ्गालाल अस्पताल पुर्‍याइयो। उनलाई ह्दयघात भएको थियो।

अस्पतालको उपचार प्रकृया सकाएर घर फर्किए पनि उनको स्वास्थ्य अवस्थाले सक्रिय दैनिकीमा फर्कन नदिएपछि उनी घरमै आराम गरेर बसेका थिए।

आत्मबल, परिवार र शुभेच्छुकको माया र निरन्तर फिजियोथेरापिबाट शरीर केही तङ्ग्रिएपछि उनी ४ दिन अगाडि गङ्गालाल अस्पतालको कार्यक्रममा सहभागी भएका थिए। संसदमा उनी आएको पहिलो पटक हो।

'शरीरले साथ देलाजस्तो छ। अब सक्रिय हुनेछु' नीजि रातो कारमा चढ्दाचढ्दै आचार्यले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell