PahiloPost

Jul 9, 2025 | २५ असार २०८२

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल बंगलादेशसँग ५९ रनले पराजित



पहिलोपोस्ट

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : नेपाल बंगलादेशसँग ५९ रनले पराजित

काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड टी २० वर्ल्ड कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार अष्ट्रेलियासँग हारेको नेपाल बुधबार बंगलादेशसँग ५९ रनले पराजित भयो।

२०४ रनको उच्च लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि किर्तन श्रेष्ठ दुवालले नटआउट रहँदै ५५ रन बनाए। यस्तै रमेश बहादुर बानियाले १८ तथा सुनिल सुवेदी क्षेत्रीले १६ रन बनाउनु बाहेक अनय खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बंगलादेशका तनजुर रहमान र फैजलले २/२ तथा अब्दुल्लाह जोविरले १ विकेट लिए। 

दिल्ली साकेत डिडिएमा पहिे ब्याटिङ गरेको बंगलादेशले निर्धारि २० ओभरमा २ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। 

मोहसिन होसेन जोएले नटआउट रहँदै सर्बाधिक ८८ रन बनाए। यस्तै अब्दुल मालेकले ८३ रनको योगदान गरे। उनलाई नेपालका सुनिल थापा मगरले रनआउट गरे।

यस्तै बंगलादेशी कप्तान तनजुर रहमानलाई नेपालका रमेश बहादुर बानियाले शुन्यमै रनटआउट गरे। 

नेपालले विहिबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell