PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

​कसले पाउला ऋतिक रोशनको आँखा



पहिलोपोस्ट

​कसले पाउला ऋतिक रोशनको आँखा

अभिनयसँगै खैरो सेक्सी लुक्सको पनि उत्तिकै प्रभाव छ बलिउड अभिनेता ऋतिक रोशनको प्रशंसक बढाउनुमा। ऋतिकले त्यही सेक्सी लुक्स दिने आफ्नो आँखालाई आफ्नो मृत्युपछि पनि जिवितै राख्ने निर्णय गरेका छन् दान मार्फत ।

फिल्म काबिलमा नेत्रहिन युवाको भुमिकामा अभिनय गरेर प्रशंसा पाएका उनले आफ्नो ३४ औं जन्मदिन पारेर आँखा दानको निर्णय गरेका हुन्।
उनले काबिलमा अभिनय गर्नु अगाडि नेत्रहिनको कठिन दैनिकी नजिकबाट अवलोकन गरेका थिए। त्यसैको प्रभाव हुनसक्छ लगत्तै उनले चिकित्कस एस नटराजनसँग आँखा दानको संकल्प गरे।

भारतमा एक करोड ५० ला नेत्रहिन छन्। ऋतिक जस्ता सेलिब्रिटीले आँखा दानको निर्णय गर्दा उनको प्रशंसकहरुमा सकारात्मक प्रभाव पर्ने र आँखा दान गर्न चेतना बढ्नेछ।
 
फस्टपोस्टबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell