PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

दाङमा ट्रकको ठक्करबाट दुई महिला गम्भीर घाइते



पहिलोपोस्ट

दाङ : घोराहीमा बुधबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते भएकी छिन्। घाइते दुवै शिक्षिकालाई थप उपचारका लागि काठमाडौँ लगिएको छ।

घोराही–६ निवासी ३० वर्षीया वसन्ता गौतम र सोही ठाउँ निवासी ३६ वर्षीया सिर्जना भट्ट सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो। घाइतेमध्ये गौतमलाई टाउकामा र भट्टलाई ढाडमा चोट लागेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए।

दुवै जना जनज्योति बोर्डिङ स्कुलका शिक्षिका हुन्। सरस्वती पूजाका लागि जाँदै गर्दा उनीहरु सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको थियो। भट्टले स्कुटी चलाएकी थिइन्। घाइतेको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर चार्टर गरेर काठमाडौँको ग्रान्डी हस्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ।

बुधबार घोराही–१० दामोदर चोक नजिकै सब्जी मन्डीबाट तरकारी बोकेर जाँदै गरेको लु १ ख ६८९३ नंको ट्रकले उनीहरु सवार रा २ प ८९६३ नंको स्कुटीलाई मोडमा ठक्कर दिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell