PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

चौथो राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक एपीएफ र न्यु डायमण्ड भिड्ने



पहिलोपोस्ट

चौथो राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधिका लागि आयोजक एपीएफ र न्यु डायमण्ड भिड्ने

काठमाडौं : आयोजक एपीएफ र न्यु डायमण्ड एकेडेमी ‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता-२०७३’ को फाइनलमा भिड्ने भएका छन्।

बुधबार सम्पन्न सेमिफाइनलमा एपीएफले पश्चिमाञ्चल भलिबल संघलाई ३-० र न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकस्थित भलिबल कोर्टमा भएको खेलमा एपीएफले पश्चिमाञ्चललाई २५-१४, २५-१० र २५-१२ को सेटमा हरायो।

अर्को सेमिफाइनलमा न्यु डायमण्डले पहिलो सेट १९-२५ ले गुमाएपनि पुनरागमन गर्दै त्यसपछि लगातार तीन सेट २५-१९, २५-१६ र २५-१३ ले जित्यो।

एपीएफ र न्यु डायमण्डबीचको उपाधि भिडन्त विहिबार हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell