PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​नेपाली क्रिकेटमा बाघ र स्यालको नयाँ किस्सा



पहिलोपोस्ट

​नेपाली क्रिकेटमा बाघ र स्यालको नयाँ किस्सा

काठमाडौं : नेपाली क्रिकेट र विवाद। यदी सेरेफोरोमा  रन्थनिइरहेको छ नेपाल क्रिकेट संघ क्यान। विवाद समाधान नहुँदा संघ आफै आइसिसिको निलम्बनमा छ। संघसँग जोडिएका एक पछि अर्को अधिकारीले गम्भिर आरोप लगाएर विवादको आगो निभ्न दिएका छैनन्।

कार्यशैली र आर्थिक पारदर्शितामा प्रश्न उठाउँदै तत्कालिन सिइओ भावना घिमिरे क्यानबाट अलग भएकि थिइन्। पछिल्लो समय क्यान विवाद सुस्ताएको थियो। क्यानको चिफ अपरेटिङ अफिसर सिओओ रहिसकेका छुम्बी लामाले विवादको सुस्ततालाई चिर्न सामाजिक सञ्जाल फेसबुकमा विवादित धारणा पोस्ट गरेका छन्।

क्यानमा बसेर प्रशासनिक काम गरिसकेको उनले विवादलाई नयाँ श्रृंखलातिर लैजाने प्रयास गर्दै लेखेका छन् 'नेपाली क्रिकेटमा बाघको छालामा स्यालको रजाँई नभई बाघले स्याललाई नै आफ्नो छाला तपाईकै हो भनेर दिएको छ' उल्लेख गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, 'आज प्रत्यक्ष रुपमा बोध भयो, औँला दिदा डुँडोलो निल्न खोज्दा रहेछन्। यहाँ बाघको छालामा स्यालले रजाँई गर्ने मात्र नभएर पुरै छालानै स्यालले आफ्नो भन्दो रहेछ। ती कस्ता स्वार्थी बाघहरु जो केही स्वार्थपुर्तीका लागि स्याललाई उक्त छाला स्यालजी त्यो छाला हजुरकै हो भनेर नतमस्तक हुन्छन्।'

उनले फेरि लेखेका छन्'स्वार्थ भन्दा माथि उठेर राष्ट्र र राष्ट्रियतालाई ध्यान दिनु जरुरी छ।'


​आखिर यो स्याल र बाघको किस्सा के हो ? बुझ्न पहिलोपोस्टले पटक-पटक उनीसँग सम्पर्क गर्ने प्रयास गर्‍यो । तर उनले 'मिटिङमा व्यस्त छु' भन्दै किस्सा खुलाउन चाहेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell