
काठमाडौं : हङकङसँगको मैत्रिपुर्ण खेलमा नेपाली राष्ट्रिय तेक्वान्दो खेलाडीले वर्चस्व कायम गरेका छन्।
कोटेश्वरस्थीत कोटेश्वर तेक्वान्दो डोजाङ एण्ड फिटनेश क्लबमा बुधबार भएको मैत्रिपुर्ण तेक्वान्दो खेलमा नेपालले ६ तौल समुहमा स्वर्ण जित्न सफल भयो।
नेपाल तेक्वान्दो संघको आयोजनामा भएको खेलअन्तर्गत महिलाको ४९–५३ केजी तौल समुहमा नेपाली निमा गुरुङले स्वर्ण, हङकङकी सो युइन तिनले रजत तथा रेश्मा थापा र ताङ कित यीनले संयुक्त रुपमा कास्य पदकमै चित्त बुझाए।
महिलाकै ५३–५७ केजी तौलसमुहमा ज्ञानी चुनाराले स्वर्ण र यीन पीयु यीनले रजत तथा ४५ केजी मुनि रेजिना कार्कीले स्वर्ण र युन मन शाहले रजत पदक जितिन्।
पुरुषतर्फ ५४ केजीमुनि तारा कुमार रायमाझीले स्वर्ण र क्यु यो हिनले रजत तथा ६८–७२ केजीमा मोहम्मद वेसले स्वर्ण र योङ युन होङले रजत पदक जिते।
पुरुषकै ७४–८० केजीमा नेपालका निश्चलमान श्रेष्ठले स्वर्ण जित्दा हङकङका चीओङ वाङले रजत पदकमै चित्त बुझाए।
मैत्रिपुर्ण खेलमा च्याम्पियन बनेको नेपाल टिमबाट पुर्वाञ्चलमा सम्पन्न सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई मात्र सहभागी गराइएको थियो।
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेललका अनुसार हङकङबाट तीन पुरुष र चार महिला गरी ७ खेलाडी र एक प्रशिक्षक नेपाल आएका थिए।
हाल हङकङ राष्ट्रिय तेक्वान्दो टोलीको मुख्य प्रशिक्षकको रुपमा रहेका तुल्सी गुरुङ नेपालका पुर्व च्याम्पियन हुन्।