PahiloPost

May 3, 2025 | २० बैशाख २०८२

मिस नेपाल पिसमा छानिए २२ सुन्दरी



पहिलोपोस्ट

मिस नेपाल पिसमा छानिए २२ सुन्दरी

काठमाडौं: ‘मिस नेपाल पिस’का लागि २२ सुन्दरी छानिएका छन्। बुधबार काठमाडौंमा प्रतियोगिताको पहिलो चरण आयोजना भएको थियो।
क्यान्सर सम्बन्धि जनचेतनामुलक संदेश प्रवाहलाई मूल विषय बनाएको पहिलो चरणको अडिसनमा सय बढि नर्स र नर्सिङ कलेजमा अध्यायनरत युवती सहभागी थिए।

ति मध्ये २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका हुन्। डा. लोचन कार्की, डा.सन्ध्या चापागाई, डा. सुजिता हिराचन, दुर्गा श्रेष्ठ, अभिनेता मोडल निरज थापा, रोजिन शाक्य लगायत निर्णायक रहेको प्रतियोगीताको अर्को अडिसन बिहिबार हुनेछ।

‘मिस नेपाल पिस’ मिस नर्सको परिमार्जित प्रतियोगीता हो। प्रतियोगीताको विजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्न पाउने नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell