PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

सरकारी सेवाको अवसर : नेपाल प्रहरीले एकैपटक माग्यो २६७८ जवान

सरकारी सेवाको अवसर : नेपाल प्रहरीले एकैपटक माग्यो २६७८ जवान

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ प्रहरी जवान पदमा पदपूर्तिका लागि आवेदन माग गरेको छ। प्रहरीले जनपद समूहमा एक हजार ६ सय ४५ र प्राविधिक समूह अन्तर्गत एक हजार ३३ पदमा पदपूर्तिको सूचना प्रकाशन गरेको हो।

२०७३ फागुन १ गतेबाट ३० गतेसम्म आवेदन दिन सकिनेछ। 

समावेशी समानुपातिक रुपमा हुने पदपूर्तिमा खुला, प्रहरी परिवार, आदिवासी जनजाति, महिला, मधेशी, दलित र पिछडिएको क्षेत्रका लागि कोटा छुट्याएको छ।

सूचना अनुसार प्रहरी जवान जनपद समूहमा एक हजार ६ सय ४५ जना माग गरेको छ। जसमा खुलामा ८८७, अमर अशक्त प्रहरी परिवारलाई ३३, आदिवासी जनजाति २३२, मधेशी २०३, महिला १४५, दलित १०८ र पिछडिएको क्षेत्रका लागि ३७ कोटा छुट्याइएको छ।

यस्तै प्राविधिकतर्फ एक हजार ३३ जनशक्ति माग गरेको छ। 

जसमा सवैभन्दा बढी जनशक्ति माग सञ्चारमा गरिएको छ। सञ्चारमा ७१८ जना प्रहरी जवानको पदपूर्ति माग गरिएको छ। मेकानिलक इन्जिियरिङ तथा सवारीमा ९६, मेकानिकल विपद् व्यवस्थापनमा १८, स्वास्थ्यमा २५, संगीतमा ६१, आवास तथा भोतिक इन्जिनियरिङमा २२ जनाको पदपूर्ति सूचना गरेको हो।

विज्ञापन अनुसार सूचना प्रविधि/कम्प्युटरमा १७, कुकुर स्कुल ५३, विधिविज्ञानमा १८ र हातहतियार (आरमर)मा ५ जना पदपूर्ति 
१८ बर्ष पूरा भई २३ बर्ष ननाघेको व्यक्तिले दरखास्त  दिन सक्नेछन्। न्युनतम टेष्ट तथा एसएलसी परीक्षा उत्तीर्णहरुले आवेदन फाराम भर्न सक्नेछन्।     

आवेदन फाराम काठमाडौं, झक्तपुर र ललितपुर प्रहरी परिसरँगै पूर्वी क्षेत्रीय तालिम केन्द्र विराटनगर, मध्य क्षेत्रीय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तालिम केन्द्र नेपालगन्ज, सूदुरपश्चिम क्षेत्री तालिम केन्द्र दिपालयमा पाइनेछ । 
उपत्यकासँगै ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालबाट फाराम भर्न सकिनेछ । फाराम दस्तुर १०० रुपैयाँ लाग्नेछ। 


ट्रेन्डिङ पोस्ट

Ncell