PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​राष्ट्रसंघका पूर्वमहासचिव मुनले भने ‘म राष्ट्रपतिको उम्मेदवार हैन’



पहिलोपोस्ट

​राष्ट्रसंघका पूर्वमहासचिव मुनले भने ‘म राष्ट्रपतिको उम्मेदवार हैन’

सोल : संयुक्त राष्ट्रसंघका निवर्तमान महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिको निर्वाचनमा आफु उम्मेदबार नहुने स्पष्ट पारेका छन्। 

आफ्नो मातृदेशमा मङ्गलबार भएको आकस्मिक पत्रकार सम्मेलनमा उनले आफु राष्ट्रपतिको दौडमा नभएको स्पष्ट पारेका हुन्। 

देशमा राजनीतिक परिवर्तन गराउने र राष्ट्रिय एकतामा बाँध्ने आफ्नो इच्छा शक्तिलाई देशका नेतामार्फत् लगाउने पनि बानले संवाददातालाई बताए। उनले आफ्नो यो निर्णयबाट आफ्ना सुभेच्छुकलाई चित्त दुःखेपनि आफू राष्ट्रपतिको उम्मेदवार नहुने जानकारी दिए। 

उनले अहिलेसम्म कहिल्यै पनि आफु राष्ट्रपतिका लागि उम्मेदवार हुने औपचारिक रुपमा बताएका छैनन् । उनी गत जनवरी १२ मा मात्रै दक्षिण कोरिया फर्किएका हुन्। 

मुनले सम्हालेको संयुक्त राष्ट्रसंघकोसबैभन्दा माथिल्लो पदको दोस्रो पाँचवर्षे कार्यकाल गत वर्षको अन्तिममा सम्पन्न भएको थियो। उनले आफूसँग सहकार्य गर्न चाहने तथा सहयोग लिन चाहाने जो सुकैलाई पनि आफूले सहयोग र सल्लाह दिन सक्ने बताएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell