PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी माग, उजुरी दिन १० दिन समय



पहिलोपोस्ट

​प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी माग, उजुरी दिन १० दिन समय

काठमाडौं : संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगका लागि प्रस्तावित तीन आयुक्तबिरुद्ध सर्वसाधरणसँग उजुरी माग गरेको छ। समितिले सार्वजनिक सूचना प्रकाशन गरी प्रस्तावित आयुक्तबिरुद्ध उजुरी भए समितिमा उपलव्ध गराउन आग्रह गरेको छ।

समितिले उजुरीकर्ताले चाहेमा उजुरी गर्नेको विवरण गोप्य राख्नेछ। 

दश दिनको समय दिएर समितिले बिहीवारबाट उजुरी माग गरेको हो। सर्वसाधरणले ७५ जिल्लामा नै जिल्ला प्रशासन कार्यालयमार्फत समिति उजुरी पठाउन सक्नेछन्।

यस्तै, समितिको फ्याक्स ०१–४२००२२७ र [email protected] मा इमेल गरी उजुरी पठाउन सकिने व्यवस्था छ।

प्राप्त उजुरीमा छानविन गरी समितिले सुनुवाई प्रक्रिया अघि बढाउनेछ। उजुरीको प्रारम्भिक अनुसन्धानपछि आवश्यक परेमा समितिले उजुरकर्तासँग थप प्रमाण माग्न र छलफलका लागि बोलाउन सक्नेछ। 

संवैधानिक परिषद्को गत शुक्रवारको बैठकले निर्वाचन आयोगमा रिक्त तीन आयुक्तमा पूर्वसचिवहरु इश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहालको नाम सिफारिस गरेको थियो। यस्तै पूर्व सहसचिव सुधीरकुमार शाह पनि आयुक्तमा सिफारिस भएका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell