PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पूर्व-पश्चिम जोड्ने नारायणी पुल जोखिममा, तत्काल मर्मत नगरे ठूलो दुर्घटनाको खतरा



उमेश पौडेल

पूर्व-पश्चिम जोड्ने नारायणी पुल जोखिममा, तत्काल मर्मत नगरे ठूलो दुर्घटनाको खतरा

काठमाडौं : नारायणी नदीको पुल पुरानो र जीर्ण भएकोले तत्काल मर्मत नगरे ठूलो दुर्घटना हुने अध्ययनबाट देखिएको छ।
 
पूर्व-पश्चिम जोड्ने यो पुल मर्मत नगरे कुनै पनि बेला ठूलो  दुर्घटना हुन सक्ने पुल विभागका महानिर्देशक सरोजकुमार प्रधानले बताए। उनका अनुसार यो पुलको अवस्था नाजुक छ। ‘तत्काल मर्मत वा नयाँ बनाउनेतर्फ ध्यान जानु आवश्यक छ,’ व्यवस्थापिका संसदको विकास समिति बैठकमा उनले भने।
 
उनका अनुसार देशभरका ६८ पुल काम नलाग्ने अवस्थामा पुगेका छन्। ८ सय वटा त तत्काल मर्मत गर्नुपर्ने अवस्थाका छन्। हाल देशैभरि २ हजारको संख्यामा पुल निर्माणको तयारी भइरहेको महाशाखाले जनाएको छ। अघिल्लो वर्ष २ सय वटा पुल निर्माणको योजना बनाइएको थियो। चालु आर्थिक वर्षमा एक सय वटा मात्र पुलको निर्माण अगाडि बढाइएको प्रधानले बताए।
 
स्थानीय सडकका ९७ वटा र रणनैतिक स्थानमा राखिएका २९ गरी जम्मा एक सय २६ पुलहरु उच्च जोखिममा रहेको महाशाखाले जनाएको छ। चालु आर्थिक वर्षमा ठूलो समस्या भएका पुलहरुमा कुल ९ हजार मिटर मर्मत गर्ने योजना बनाइएको छ भने सानातिना समस्या भएका पुलमा ५ हजार मिटर पुल मर्मत गर्ने योजना रहेको उनले बताए। फोटो : विकिपेडिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell