PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

तबलावादक गुरुङलाई ‘संगीत साधना सम्मान’



पहिलोपोस्ट

काठमाडौँ : सांस्कृतिक संस्थानले वरिष्ठ तबलावादक रामहरि गुरुङलाई यस वर्षको ‘सङ्गीत साधना सम्मान’ प्रदान गरेको छ।
 
उनानब्बे वर्षीय गुरुङलाई सात दशकसम्म तबलावादनका क्षेत्रमा योगदान गरेकाले रु २५ हजारसहित सम्मानपत्र दिइएको हो। उनी अहिले अर्बुद रोगबाट पीडित छन्।
 
बुधबार आयोजित ‘वसन्त शास्त्रीय सङ्गीत उत्सव तथा साधक सम्मान समारोह’मा वरिष्ठ तबलावादक गोपालनाथ योगीले पुराना साधकले गीत तथा सङ्गीतका क्षेत्रमा गरेको विकासलाई स्मरण गरी संस्थानले गरेको सम्मानले शास्त्रीय सङ्गीतको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
 
संस्थानका अध्यक्ष उद्योग राईले नयाँ र पुराना कलाकारलाई एक स्थानमा भेला गराई अनुभव आदानप्रदान गर्न सो उत्सव महत्वपूर्ण रहेको बताए। संस्थानका महाप्रबन्धक राजेश थापाले वसन्तपञ्चमीलाई सङ्गीतको विद्या आर्जन गर्ने महत्वपूर्ण दिनका रुपमा लिइने बताउँदै सङ्गीतले मन र समाजलाई जोड्न सक्ने तथा राष्ट्र एकताको सूत्रधारका रुपमा कार्य गर्ने विचार व्यक्त गरे।
 
सो अवसरमा रवीन्द्रलाल श्रेष्ठ, बाला भट्टराई, नगेन्द्र राई, सुशीला अमात्य लगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell