PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

झापाका गाउँपालिका र नगरपालिकाको वडा विभाजन



पहिलोपोस्ट

बनियानी (झापा) : स्थानीय तह पुनःसंरचनाअन्तर्गत झापाका नयाँ नगरपालिका र गाउँपालिकाको वडा विभाजन भएको छ।
 
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति झापाका सदस्यसचिव दीपक दाहालका अनुसार समितिले नयाँ गाउँपालिका र नगरपालिकाको वडा सङ्ख्या तोकेको हो।
 
आठ नगरपालिकामध्ये मेचीनगरमा १५ वटा वडा रहनेछन्। शनिअर्जुन र शिवसताक्षीमा ११–११, बिर्तामोड, भद्रपुर र दमकमा १०–१० तथा गौरादह र कनकाई नगरपालिकामा नौ–नौवटा वडा रहने जनाइएको छ।
 
त्यस्तै, सात वटा गाउँपालिकामध्ये कचनकवलमा छ, कमलमा सात, हल्दिबारीमा पाँच र बुद्धशान्ति गाउँपालिकामा सात वटा वडा रहनेछन्। यस्तै, झापा गाउँपालिकामा सात, गौरीगन्ज गाउँपालिकामा छ र बाह्रदशी गाउँपालिकामा सात वटा वडा रहने सदस्य सचिव दाहालले जानकारी दिए।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell