PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नेपाली बजारमा भित्रियो मोबाइल ब्राण्ड ओट्टो, २० हजारमै यस्ता छन् सुविधा



पहिलोपोस्ट

नेपाली बजारमा भित्रियो मोबाइल ब्राण्ड ओट्टो, २० हजारमै यस्ता छन् सुविधा

काठमाडौं : सिंगापुरमा डिजाइन भएको नयाँ मोबाइल ब्राण्ड ओट्टो नेपाली बजारमा भित्रिएको छ। मोबाइल बजारमा भित्रिएको यो ब्राण्डले मध्यमवर्गको स्मार्टफोन बोक्नेलार्इ आर्कषित गर्नेछ।
 
जयमाँ इन्टरकन्टिनेन्टल प्रालिले यो मोबाइल नेपाली बजारमा ल्याएको हो। बुधबार ओट्टो मार्कको बिक्री सुरु भएको हो। मोबाइलको बिक्री शुभारम्भ लुट २ का कलाकार सौगात मल्ल र दयाहाङ रार्इले संयुक्त रुपमा गरे। कम्पनीले प्रिमियम क्वालिटीको उत्पादन नेपाली बजारमा ल्याएको दाबी गरेको छ। यो मोबाइलमा ६ इन्च र २.५ डी कर्भ्ड एचडी डिस्प्ले छ।
 
मोबाइलको पछाडिको भाग मेटल प्यानलमा छ। यसमा ३ जिबी र्‍याम र ३२ जिबी आन्तरिक मेमोरी छ जसलार्इ १ सय २८ जिबीसम्म विस्तार गर्न सकिने कम्पनीको दाबी छ।
 
मोबाइलमा १३ रियर अटोफोकस र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ। यो क्यामेरामार्फत सेल्फी खिच्दा राम्रो फोटो आउने कम्पनीको दाबी छ।
 
मोबाइलमा ३८४५ एमएएच ब्याट्री छ। मेडियाटेक एमटी ६७३५, ६४ क्वाड प्रोसेसरसँगै ६.० एन्ड्रोइड मार्समेल्लो समेत छ। मोबाइलमा दुर्इ वटा सिम चलाउन मिल्छ। कम्पनीका अनुसार मोबाइलले फोरजी एलटिर्इ सपोर्ट गर्छ।
 
फिंगर सेन्सर समेत रहेको मोबाइलको मूल्य १९ हजार ९ सय ९६ रुपैयाँ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell