
प्रिमियर लिग अन्तर्गत बुधबार भएको खेलमा म्यानचेष्टर सिटीले बेस्टहममाथि सहज जित हात पार्दा अर्को म्यानचेष्टर क्लब युनाइटेडले भने हलसँग बराबरीमा रोकिएको छ।
सिटीले वेष्टहमलाई उसैको मैदानमा ४-० ले हरायो। सिटीको जितमा केभिन डे बु्रएना, डेभिव शिल्भा, गाब्रिएल जेसस र याया टुरेले १-१ गोल गरे।
जितपछि २३ खेलबाट लिभरपुल समान ४६ अंक जोडेको सिटी गोल अन्तरमा पाँचौं स्थानमा यथावत छ। समान खेलबाट ५६ अंक जोडेको चेल्सी यो शीर्ष स्थानमा आसिन छ।
यता हल सिटीसँग बराबरीमा रोकिएपछि युनाइेटडले अंक तालिकामा सुधार गर्ने अवसर चुकाएको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमै भएको खेलमा युनाइटेडले हलसँग गोलरहित बराबरीमा रोकियो। बराबरीपछि २३ खेलबाट ४२ अंक जोडेको युनाइटेडल छैटौं स्थानमा कायम छ।
यस सिजन लिगमो युनाइटेडको यो नवौ बराबरी हो। युनाइटेड शीर्ष स्थानको चेल्सी भन्दा १४ अंकले पछि भने भने छिमेकी क्लब सिटीभन्दा ४ अंकले पछि छ।
यस्तै सातौं स्थानको एभरटनले स्टोकसिटीसँग १-१ को बराबरी खेलेको छ।