PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ब्रेन ट्युमरका बिरामी कैदीको कारगारभित्रै मृत्यु



पहिलोपोस्ट

रत्ननगर (चितवन) : चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको आज मृत्यु भएको छ।
 
नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको आज बिहान करिब ६ बजेको समयमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए।
 
ब्रेन ट्यूमर भई क्यान्सर अस्पतालमा उपचारका लागि काठमाडौँबाट गत मङ्सिर २८ गते चितवनमा ल्याइएका उनको आज मृत्यु भएको हो। चोरीलगायत विभिन्न मुद्दामा रु १८ लाख ८४ हजार जरिवाना तिर्न नसक्दा उनी जेल परेका थिए।
 
अहिलेसम्म उनका आफन्तसमेत सम्पर्कमा नआएको जेलर काफ्लेले जानकारी दिए।
 
यहाँ अहिले क्यान्सर लागेका सात जना बिरामी उपचाररत छन्। भरतपुर कारागारमा अहिले क्षमताभन्दा झन्डै तेब्बर बढी अर्थात ५ सय ९० जना कैदी र थुनुवा छन्।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell