PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

चाहलको ६ विकेट, इंगल्याण्डले ८ रनको लागि ८ विकेट गुमायो



पहिलोपोस्ट

चाहलको ६ विकेट, इंगल्याण्डले ८ रनको लागि ८ विकेट गुमायो

युभजेन्द्र चाहलले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि इंगल्याण्डविरुद्धको तेस्रो तथा निर्णायक टी २० मा भारत ७५ रनले विजयी भएको छ। यो जितसँगै भारतले घरेलु भूमिमा भएको तीन खेलमा टी २० सिरिज २-१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ।

पहिलो टी २० खेल इंगल्याण्डले ७ विकेटले जितेको थियो भने दोस्रो टी २० मा भारतले ५ विकेटको रोमाञ्चक जित हात पारेको थियो।र
बैंगलोरमा भएको खेलमा २०४ रनको लक्ष्य पछ्याएको इंगल्याण्ड भारतको घात बलिङ सामु टिक्न नसक्दा १६.३ ओभरमा १२७ रनमा अलआउट हुन पुग्यो।

११९ रन हुँदा २ विकेट मात्र गुमाएको इंगल्याण्डका त्यसपछि ८ रन जोड्नदा बाँकी ८ विकेट नै गुमायो। 

इंगल्याण्ड त्यसअन्तरमा १९ बल खेल्दै जम्मा ८ रन मात्र जोड्न सक्यो भने भारतले ८ विकेट नै झार्यो। त्यसक्रममा म्यान अफ दी म्याच चाहलले ५ तथा जसप्रीत बुमराहले ३ विकेट झारे। 

१४ ओभरमा चलिरहँदा इंगल्याण्ड ११९/२ को स्थितीमा थियो। क्रिजमा थिए कप्तान इयान मोर्गन र जोए रुट। तर यी दुवै खेलाडीलाई चाहलले १४ औं ओभरमा तेस्रो र चौथो बलमा आउट गरेसँगै इंगलयाण्डको पतन सुरु भयो। 

त्यसपछि चाहलले बेन स्टोक्स ६, मोइन अली २ तथा क्रिस जोर्डन लाई ० मा आउट गरे।

त्यसअघि नै चाहलले ओपनर साम बिलिङ्सलाई शुन्यमा सुरेश रैनाबाट क्याचआउट गराएका थिए।

इंगल्याण्डका ३२ रन बनाएका ओपनर ज्यासन रोउलाई अमित मिशाले आउट गरे भने बुमराहले जोस बटलर, लिया प्लनकेट र टाएमल मिल्सलाई शून्यमा आउट गराए।

यसअघि बैंगलोरमा टस जितेर पाहुना टोलीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले सुरेश रैना र महेन्द्रसिंह धोनीको अर्धशतकको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। 

रैनाले ४५ बलमा २ चौका र ५ छक्काको मद्दतमा ६३ रन बनाए भने ३६ बल खेलेका धोनीले ५ चौका र २ छक्काको मद्दतमा ५६ रन जोडे। यस्तै आक्रामक ब्याटिङ गर्दै युवराज सिंहले १० बलमा १ चौका र ३ छक्काको मद्दतमा २७ रन बनाए।

ओपनर लोकेस राहुल २२ तथा हार्दिक पाण्ड्या ११ रन जोडर आउट भए। डेब्युटान्ट रिसव पन्त ५ रनमा नटआउट रहे। 

सिरिजभर ८ विकेट लिएका भारतका चाहल मयान अफ दी सिरिज घोषित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell