PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

​अफ्रिकन कप : ४४ वर्षे गोलरक्षक अल हाडारीले २ पेनाल्टी रोकेपछि इजिप्ट फाइनलमा



पहिलोपोस्ट

​अफ्रिकन कप : ४४ वर्षे गोलरक्षक अल हाडारीले २ पेनाल्टी रोकेपछि इजिप्ट फाइनलमा

भेट्रान गोलरक्षक एसान हल हाडारीले पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गरेपछि इजिप्त बुर्किना फासोलाई ४-३ ले पराजित गर्दै अफ्रिकन कप अफ नेसन्शको फाइनलमा प्रवेश गरेको छ।

गावोनमा भइरहेको प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा अल हाडारीले पेनाल्टी सुटआउटमा बुर्किनाफासोका दुई खेलाडीको पेनाल्टी प्रहार रोके।

४४ वर्षे गोलरक्षक हाडारीले कोउअकोउ कोफी र बर्टाण्ठ ट्राओरको पेनाल्टी रोकेका थिए।

इजिप्टका अबदल्लाह सइडले पहिलो पेनाल्टी नै गुमाएपछि रमादान शोभी, अहमेद हेगजी, मोहमद सलाह र अमर वार्दाले गोल गरे।
बुर्किनाफासोका तर्फबाट अलइन ट्राओर, बानाउ दिएवारा र स्टिभ यागोले गोल गरे।

यसअघि निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो भने थप गरिएको ३० मिनेटमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो।

६६ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै इजिप्टलाई पहिले अग्रता दिलाए पनि ७३ औं मिनेटमा बुर्किनाफासोका अरिस्टिड बान्सले बराबरी गोल गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell