
एजेन्सी : रेक्स टिलर्सन अमेरिकाका नयाँ विदेशमन्त्रीमा नियुक्त भएका छन्। ६४ वर्षीय टिलर्सन तेल र ग्याँसका क्षेत्रमा काम गर्ने कम्पनी एक्सन मोविलका पूर्वध्यक्ष हुन्।
रियलस्टेट व्यवसायी ट्रम्पले विदेशमन्त्रीमा व्यवसायीलाई नै चुन्न सफल भएका हुन्।
अमेरिकी सिनेटले उनको नियुक्तिलाई ४३ को सट्टा ५६ भोटले सदर गरेको थियो। उनलाई उपराष्ट्रपति माइक पेन्सले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्। शपथका अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्प पनि उपस्थित थिए।
नयाँ विदेशमन्त्रीले योभन्दा अघि कुनै पनि राजनीतिक पदमा काम गरेका थिएनन्। शपथ लिएपछि टिलर्सनले भने, ‘म सधैँ अमेरिकी नागरिकको हितमा काम गर्नेछु।’
ट्रम्पले वित्त मन्त्रीका लागि प्रस्ताव गरेकाको डेमोक्रेटिक पार्टीका सिनेटरले बहिस्कार गरेपछि अघिल्लो पटकको मतदान रोकिएको थियो। संसदीय सुनुवाईका क्रममा उनलाई रुससँग नजिक भएको आरोप लागेको थियो।
राजनीतिक अनुभव नभएकाले टिलर्सनको नयाँ जिम्मेवारीलाई डेमोक्र्याटहरुले शंकाका रुपमा हेरेका छन्।