PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दसौं नम्बरमा ब्याटिङ गर्दै विश्व रेकर्ड बनाएका सोमपाल, जो आज जन्मदिन मनाउँदैछन्



पहिलोपोस्ट

दसौं नम्बरमा ब्याटिङ गर्दै विश्व रेकर्ड बनाएका सोमपाल, जो आज जन्मदिन मनाउँदैछन्

काठमाडौं : गुल्मीमा जन्मिएका नेपाली राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर सोमपाल कामीको आज २१औं जन्मदिन हो। टी-२० इन्टरनेशनल खेलमा दसौं नम्बरमा ब्याटिङ गर्दै विश्व रेकर्ड बनाएका कामीले धेरै पटक नेपालको लागि उत्कृष्ट प्रदर्शन गरेका छन्। त्यसैमध्येको एक हो, सन् २०१४ मा हङकङमा बनाएको ४० रन।
 
सोमपालको मुख्य पहिचान बलिङ हो। तर उनले त्यस खेलमा हङकङविरुद्ध ब्याटमार्फत शानदार प्रदर्शन गर्दै विश्व रेकर्ड बनाउन सफल भए।
 
२५ रन हुँदा ८ विकेट गुमाइसकेको अवस्थामा सोमपालले ३१ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ४० रन बनाए भने नेपाललाई स्कोरमा समेटिनबाट जोगाए। उनीबाहेक उक्त खेलमा नेपालबाट कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्।
 
सोमपालकै ४० रनको मद्दतमा नेपालले ७२ रन बनाएको थियो। नवौं विकेटका लागि शक्ति गौचनसँग उनले ४३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। सोमपालले बलिङमा पनि १ विकेट लिए तर उक्त खेल नेपालले २ विकेटले गुमायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell