PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

आजैको क्याबिनेटले निर्वाचन मिति तोक्ने विषयमा सत्तारुढ नेता र प्रधानमन्त्रीबीच छलफल



पहिलोपोस्ट

काठमाडौं : स्थानीय चुनावको मिति तोक्न विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेता र मन्त्रीहरुसँग आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटरमा छुटाछुटै छलफल गरेका छन्।
 
छलफलमा आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने सहमति भएको छलफलमा सहभागी एक मन्त्रीले जानकारी दिए। उनले भने, 'आजको मन्त्रिपरिषद्बाट मिति तोक्ने निर्णय भएको छ। मिति तय गरिसकेकेपछि निर्वाचन आयोगलाई पत्र दिने समेत तयारी समेत सरकारले गरेको छ।'
 
माघ १५ भित्र मिति घोषणा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए पनि अहिलेसम्म मिति घोषणा हुन सकेको छैन। आउँदो बैसाख अन्तिम सातादेखि जेठको दोस्रो सातासम्म निर्वाचन गर्नेगरी मिति घोषणको तयारी गरिएको हो।  स्थानीय तह पुनर्संरचना आयोगको विवादबारे बुधवार कानुन व्यवसायीसँग परामर्श गरेपछि प्रधानमन्त्री चुनावको मिति तोक्ने पक्षमा पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell