PahiloPost

May 9, 2025 | २६ बैशाख २०८२

दुबईमा 'फेशन फ्युजन'



पहिलोपोस्ट

दुबईमा 'फेशन फ्युजन'

काठमाडौं:  गायक हेमन मोक्तान फाउन्डेसनको सहयोगार्थ युएइमा 'फेशन फ्युजन' आयोजना हुने भएको छ। छेपारो डटकमको आयोजनामा हुने उक्त फेशन शोमा नेपाल र युएईका क्रियाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु र्‍याम्पमा उत्रिने भएका हुन्।
 
युएइमा अवार्ड लगायत विभिन्न कार्यक्रम आयोजना गर्दै आएको भए पनि फाउन्डेशनले पहिलोपटक फेशन शो आयोजना घोषणा गर्‍यो।
 
कार्यक्रममा नेपालबाट अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी र वर्षा राउतसँगै मिस नेपाल २०१४ सुविन लिम्बु सहभागी हुनेछन्।
 
भ्यालेन्टाइन डेलाई लक्षित गर्दै फेब्रुअरी १० तारिखमा बरदुबइ स्थित फोर प्वाइण्ट्स बाइ शेराटोना होटलमा फेशन फ्यूजन हुनेछ। शोका लागि अभिनेत्री तथा मोडलहरुको कोरियोग्राफी निर्देशक साबित्री खत्रीले गर्दैछिन्।
कार्यक्रममा हेमन मोक्तानकफ पनि प्रस्तती रहनेछ। भने,'यसरि युएइमा शो गर्न पाउदा निकै खुसि लागेको छ। सबैको साथ र सहयोगले कार्यक्रम सफल हुने आश छ।'
यस भन्दा अघि भएको कन्सर्ट मार्फत संकलित रकम हेमनले एचआईभी पिडित बालबालिकालाई सहयोग गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell