PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

अपराधी र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाऔं : सुजाता कोइराला



पहिलोपोस्ट

अपराधी र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाऔं : सुजाता कोइराला

काठमाडौं : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले देशलाई बलियो बनाउन अपराध र आतंकवादविरुद्ध कडा कानुन आवश्यक रहेको बताएकी छिन्।
 
जिपी कोइराला फाण्डेशनद्वारा काठमाडौंको कामाद कलेजमा आयोजित साइबर अपराध सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रममा बोल्दै उनले बलियो कानुन र त्यसको पालनाले मात्र देशमा दण्डहीनताको अन्त भई समृद्धीतर्फको यात्रा सहज हुने धारणा राखिन्। ‘देश बलियो बनाउने हो भने अपराधी र आतंककारीले टाउको उठाउन नसक्ने गरी कानुन बनाउनुपर्छ,’ उनले भनिन्, ‘अपराधी र आतंककारीले युवाहरूलाई तारो बनाएकाले पनि कानुन बलियो चाहिन्छ।’
 
राष्ट्रभन्दा ठूलो कोही नहुने र सबैले देशको हितमा केन्द्रित भएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell