PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेविसंघलाई माउपार्टीको निर्देशन- 'विवाद छाड, २८ वर्षे उमेर हद स्विकारेर स्ववियु चुनावमा जाऊ'



पहिलोपोस्ट

नेविसंघलाई माउपार्टीको निर्देशन- 'विवाद छाड, २८ वर्षे उमेर हद स्विकारेर स्ववियु चुनावमा जाऊ'

काठमाडौं : आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उमेर हदको विषयलाई लिएर नेपाल विद्यार्थी संघमा देखिएको विवाद माउपार्टीले टुंग्याएको छ।
 
नेविसंघमा देखिएको आन्तरिक विवादमा छलफल गर्न आज बसेको कांग्रेस पदाधिकारी बैठकले २८ वर्षे हदबन्दी स्विकारेर निर्वाचनमा जान निर्देश गरेको हो।
 
संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा पार्टी पदाधिकारी, स्ववियु निर्वाचन समन्वय समिति र नेविसंघ पदाधिकारी सहभागी थिए।
 
स्ववियु निर्वाचनमा उमेर हद मान्ने कि नमान्ने विषयमा नेविसंघभित्र विवाद जारी थियो। औपचारिक रुपमा संगठनले २८ वर्षे उमेरहद नमान्ने निर्णय केन्द्रीय कार्यसमितिबाट गरिसके पनि विवाद भने यथावत् हुँदा कतिपय क्याम्पसको पठनपाठन पनि अवरुद्ध छ।
 
उमेर हद निर्णयको विरोधमा नेविसंघले उपत्यकाका सबै क्याम्पसमा तालाबन्दी गरेको छ। पार्टीले निर्वाचनमा जान आजै मात्र निर्देश गरेकाले तालबन्दी खुलाउने विषयमा संघभित्र चाँडै छलफल गरिने संघकी उपाध्यक्ष उर्मिला थपलियाले बताइन्।
 
नेविसंघमा उमेर हद नमान्ने पक्षको नेतृत्व उपाध्यक्ष थपलियाले गर्दै आएकी थिइन्। संगठनले औपचारिक रुपमा उमेर हद नमान्ने निर्णय गरे पनि अध्यक्ष नैनसिंह महर उमेर हदको पक्षमा छन्। 

पुस २० गते बसेको त्रिभुवन विश्वविद्यालय- सिनेटले स्ववियु निर्वाचन फागुन १४ गते गर्ने र उम्मेदवारको हदबन्दी २८ वर्ष उमेर तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell