PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

तीन तहको निर्वाचन गरे मात्रै प्रजातन्त्र बलियो हुन्छ : सभापति देउवा



पहिलोपोस्ट

तीन तहको निर्वाचन गरे मात्रै प्रजातन्त्र बलियो हुन्छ : सभापति देउवा

काठमाडौँ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्रै प्रजातन्त्र बलियो हुने बताएका छन्।

सभापति देउवाले प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्ने क्रममा सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने धारणा राखेका हुन्। उनले भने, 'सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काङ्ग्रेसको काँधमा रहेको छ।'

देउवाले मधेसी दलको भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न नेकपा एमालेले समेत सहयोग गर्नुपर्ने बताए। उनले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।

मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको उनको भनाइ थियो। उनले नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको उल्लेख गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell