PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

फिल्म 'कारखाना' अब जेठमा मात्र



पहिलोपोस्ट

फिल्म 'कारखाना' अब जेठमा मात्र

काठमाडौं: फिल्म 'कारखाना' आउँदो जेठमा प्रदर्शन हुने निश्चुत भएको छ। सुशिल श्रेष्ठ र वर्षा शिवाकोटीको मुख्य अभिनय रहेको फिल्म 'कारखाना' यसै वर्ष माघे संक्रान्तीमा प्रदर्शन हुने भनिएको थियो। तर प्राविधिक र किङ, लभ सासा, शब्दजस्ता फिल्मसँग रिलिज मिति जुधेपछि कारखाना प्रदर्शनमा आएन। फिल्म युनिटले अब जेठलाई नै अफिसियल प्रदर्शन मिति तोकेको छ।
 
फिल्मको पहिलो पोस्टर मार्फत युनिटले रिलिज डेट सार्वजनिक गरेको हो। शान थापाको डिजाइन रहेको पोस्टरमा शिर्ष कलाकार सुशिल र वर्षाको फिचरिङ रहेको छ।

अमरअदिप सापकोटाको निर्देशनमा बनेको फिल्मलाई गोविन्द शाहीले वितरण गर्दैछन्। फिल्मलाइ सुदिप खड्का र अमर बज्राचार्यले निर्माण गरेका हुन्।

चन्द्र पन्तको द्वन्द्व, अनिल शाही, हर्कुलस बस्नेत र कल्याणको संगीत रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell