PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

अमिताभ बच्चनले दिएको ज्ञान जसलाई शाहरुख बिर्सँदैनन्



पहिलोपोस्ट

अमिताभ बच्चनले दिएको ज्ञान जसलाई शाहरुख बिर्सँदैनन्

बलिउड स्टार शाहरुख खानले अभिनेता अमिताभ बच्चनसँग आफूले सिकेको विशेष ज्ञान कहिल्यै नबिर्सने बताएका छन्। एआईबीमा दिएको एक अन्तर्वार्तामा शाहरुखले रमाइलो ढङ्गमा सो ज्ञानको प्रसङ्ग उठाए।

आखिर के सिके त बच्चनबाट खानले?

एक कार्यक्रममा अमिताभ र शाहरुख एकसाथ प्रस्तुति दिने तयारीमा थिए। ब्याकस्टेजमै रहँदा शाहरुखले अमिताभलाई स्टेजमा जानुअघि ध्यान दिनु पर्ने प्रमुख विषयबारे सोधे।

अमिताभको जवाफ रह्यो 'पाइन्टको जीपर'। शाहरुखका अनुसार अमिताभले उनलाई हरेक पटक स्टेजमा जानुअघि पाइन्टको चेन बन्द छ कि छैन चेक गर्नु आवश्यक रहेको बताए।

शाहरुखले भने, 'लाइभ कार्यक्रममा प्रस्तुत हुनुअघिको लागि यो मेरो सबैभन्दा ठूलो ज्ञान बन्यो।'

अमिताभबाट सिकेको अर्को महान् ज्ञानको बारेमा शाहरुख भन्छन्,'गल्ती आफ्नो होस् वा अर्काको। जे भए पनि माफी माग्न पर्ने रहेछ।'
अमिताभले दिएको माफी माग्ने ज्ञानका कारण फ्यानले आफूलाई घमण्डी नभन्ने उनको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell