PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

ब्लाइण्ड वर्ल्डकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो



पहिलोपोस्ट

ब्लाइण्ड वर्ल्डकप क्रिकेट : नेपालले दक्षिण अफ्रिकालाई हरायो

काठमाडौं : भारतमा भइरहेको ब्लाइण्ड टी २० वर्ल्ड कपमा नेपालले पहिलो जित हासिल गरेको छ। यसअघि लगातार दुई खेलमा हार बेहोरेको नेपाल आफ्नो तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको हो। 

दक्षिण अफ्रिकाले दिएको १४७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‌यो। 

दिल्लीस्थित डिडिएमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४६ रन बनायो। 

दक्षिण अफ्रिकाका लागि सनवाबिले बिड्लाले नटआउट रहँदै ५७ रन बनाए। यस्तै डोमिनिक स्कटले ३३ तथा बुहले बिड्लाले ३२ रन बनाए। 
नेपालका सुनिल राना मगरले २ तथा किर्तन श्रेष्ठले दुवालले १ विकेट लिए।

जवाफमा नेपाललाई जिततर्फ डोहोर्याउन रमेश बहादुर बानिया र सुनिल राना मगरले राम्रो सुरुवात दिलाए। उनीहरुले ८.४ ओभरमा ६९ रनको साझेदारी गरे। रमेशले २८ बलमा २४ रन बनाए भने सुनिलले ३५ बलमा ३८ रन जोडे।

सुनिल सुवेदी क्षेत्रीले ३३ बलमा नटआउट ४६ रनको योगदान गरे। त्यसबाहेक सुनिल थापा मगरले ५ तथा लोकबहादुर थापाले ९० रन बनाए।

प्रतियोगितामा नेपालले पहिलो जित हात पार्दा दक्षिण अफ्रिकाको भने यो लगातार तेस्रो हार हो।

नेपालले आफ्नो चौथो खेलमा शुक्रबार पाकिस्तानसँग खेल्नेछ।

नेपाल पहिलो खेलमा अष्ट्रलयासाग १० विकेट र दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell