
फिल्म बाहुबलीको बहुप्रतिक्षित सिक्वेल बाहुबली द कनक्लुजनले रिलिज अघिनै पाँच सय करोडको व्यवसाय गरेको छ। हिन्दी भाषामा डब भएको मध्य बाहुबली द बिगिनिङ्स सय करोड क्लबमा नाम लेखाउने पहिलो साउथ इन्डियन फिल्म हो।
बाहुबली दुई टेलिगु, तामिल, हिन्दी र मलायलम गरी चार भाषामा सार्वजनिक हुँदैछ। इन्डियाका लागि कारण जौहरको धर्म प्रोडक्शनलाई बाहुबली दुईको थ्रियटिकल राइट्स एक सय बिस करोडमा बेचिएको फस्टपोस्टले जनाएको छ।
फिल्मको तेलेगु राइट्सका लागि निर्माण युनिटले एक सय तीस करोड लिएको इन्डियन एक्सप्रेसमा उल्लेख छ। त्यस्तै तामिल नाडुमा भने फिल्मको थ्रियटिकल राइट्स ४७ करोडमा व्यापार भयो। भारत भित्रमात्र केरेलामा दश करोड र कर्नातकामा ४५ करोडमा बिक्री भएको बाहुबलीले रिलिज अघि नै नर्थ अमेरिकाको थ्रियटिकल राइट्स स्वरुप ४५ करोड भारतिय रुपैया लिएको छ।
एसएस राजामौली निर्देशित फिल्मको हिन्दी स्याटेलाईट राइट्स सोनी टिभीलाई ५१ करोडमा बेचेको छ। त्यस्तै फिल्मको तेलेगु स्याटेलाईट राइट्स २६ करोडमा बिक्री भयो.
फिल्मले राष्ट्रिय, अन्तराष्ट्रिय थियटर, स्याटेलाईट राइट्स र अडियो बिक्री समेत गरी पाँच सय करोड माथीको व्यवसाय गरेको बताइएको छ।