PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउत जनकपुरमा समातिए



पहिलोपोस्ट

स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउत जनकपुरमा समातिए

काठमाडौं : स्वतन्त्र मधेस अभियानका संयोजक सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ।
 
जिल्ला प्रहरी कार्यलय धनुषाले राउतलाई जनकपुरस्थित उनकै कोठाबाट पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लाहानले पक्राउ पूर्जी पठाएकाले राउतलाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी लालमणि आर्चायले बताए। पक्राउ गरेका राउतलाई लाहान नै बुझाइएको छ।
 
इप्रका लाहानका प्रमुख डिएसपी राजकुमार केसीले राज्यविरुद्धको अपराधमा मुद्दा दायर भएकाले उनलाई पक्राउ गरिएको बताए। राउतलाई यसअघि पनि राज्यविरुद्धको अभिव्यक्ति दिएको भन्दै अन्य ठाउँमा पनि राज्यविरुद्धको मुद्दा दर्ता भएका छन्। उनले मधेसलाई छुट्टै देश बनाउनुपर्ने लगायतका कडा अभिव्यक्ति दिँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell