PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

काठमाडौं इन्टरनेशनल गेरुगे एण्ड पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि, ८ देशका खेलाडीले खेल्ने



पहिलोपोस्ट

काठमाडौं इन्टरनेशनल गेरुगे एण्ड पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि, ८ देशका खेलाडीले खेल्ने

काठमाडौं : ८ देशका खेलाडीहरुको सहभागिता रहने प्रथम इन्टरनेशनल गेरुगे एण्ड पुम्से तेक्वान्दो च्याम्पियनसिप माघ २७ देखि हुने भएको छ। 
युनाइेटड तेक्वान्दो डोजाङको आयोजनामा तीनदिनसम्म चल्ने प्रतियोगिताका खेलहरु  दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजना हुनेछ।

च्याम्पियनसिपमा नेपाल लगायत भारत, भुटान, बंगलादेश, मलेसिया, इन्डोनेसिया, सिंगापुर र दक्षिण कोरियाका खेलाडीहरुको सहभागिता रहने आयोजनाका संयोजक नोर्बु लामाले जानकारी दिए।

आयोजकका अनुसार करिब ५ सय खेलाडीहरुको सहभागिता हुनेछ भने च्यामिपयनसिप २५ जना अन्तर्राष्ट्रिय निर्णाउयकहरुले सञ्चालन गर्नेछन्।

च्याम्पियनसिपमा गेरुगे फाइट ४० र पुमसेमा ३८ गरी कूल ७८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

फाइट अन्तर्गत १२ देखि १४ वर्षसम्मको क्याडेट डिभिजनमा महिला र पुरुषको ८/८, १५ देखि १७ वर्षसम्मको जुनियर डिभिजनमा महिला र पुरुष ५/५ तथा १७ वर्ष भन्दा माथिको सिनियर डिभिजनमा महिला र पुरुष ७/७ तौलसमूहमा प्रतिस्वर्धा हुनेछ।

फाइटतर्फका डिभिजन विनर, टीम विनर र हरेक डिभिजनको विनरलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

यस्तै पुम्सेतर्फ महिला र पुरुषको विभिन्न तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

च्याम्पियनसिप खुल्ला प्रतिस्पर्धा भएका कारण नेपालका विभिन्न क्लब र डोजोहरुका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने संयोजक लामाले बताए।

अहिलेसम्म भारतबाट सय जना खेलाडीको नाम इन्ट्री भइसकेको लामाले बताए। उनका अनुसार बंगलादेशबाट २१ र भुटानबाट १० जनाले इन्ट्री गरिरकेका छन्। दक्षिण कोरियाले पनि अन्तिममा आएर २ देखि ४ खेलाडीसम्म सहभागी गराउने निर्णय गरेको लामाले जनाए।

प्रतियोगिता सम्पन्न गर्न ३० लाख खर्च हुने आयोजकको अनुमान छ। जसका लागि विभिन्न संघसंस्थाले सहयोग गर्ने र इन्ट्री फिबाट पनि रकम जम्मा हुने लामाले बताए। विदेशी खेलाडीको हकमा एकजनाले सय डलर इन्ट्री फि तिर्नुपर्ने भने नेपालीको लागि एक हजार रहेको पनि उनले जनाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell