PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

काठमाडौँका नयाँ प्रहरी प्रमुख छविलालको पहिलो पत्रकार सम्मेलन खण्डनमै बित्यो



सविन ढकाल

काठमाडौँका नयाँ प्रहरी प्रमुख छविलालको पहिलो पत्रकार सम्मेलन खण्डनमै बित्यो

काठमाडौँ : एसएसपी छविलाल जोशीले आफू सोर्स लगाएर महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखमा सरुवा भएर नआएको दाबी गरेका छन्। 
 
काठमाडौँ परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको प्रमुखका बारे गृहमन्त्री र प्रहरी प्रमुखबीचको विवादका कारण सरुवा प्रकृया सुरु भएको ४ महिनापछि सरुवा रोकिएको थियो। अन्तमा गृहमन्त्री हावी भएको ३९ जनाको सरुवा सूचीमा उनी काठमाडौँ परिसरको प्रमुख भएर आए। यस अगाडि उनी धौलागिरी अञ्चल प्रहरीमा थिए।
 
सोमबारबाट कार्यकाल सुरु गरेका उनले परिरसरमा बिहीबार पत्रकार सम्मेलन गरेका थिए। काठमाडौँको प्रहरी प्रमुखमा सरुवा भएर आयोजना गरेको पहिलो पत्रकार सम्मेलनमै उनले आफू कसरी सरुवा भएर आएको हो त्यही प्रष्ट्याउन केन्द्रित भए।

उनले पत्रकार सम्मेलनमा आफू कुनै राजनीतिक दलको आडमा काठमाडौँमा सरुवा भएर नआएको दाबी गर्दै प्रक्रियागत रुपमै कामको प्रतिफलका कारण काठमाडौँ प्रहरी प्रमुखमा सरुवा पाएको दाबी गरे।

पत्रकारमझ उनले प्रश्न सोधे, ‘म काठमाडौँ प्रहरी प्रमुख हुन नमिल्ने प्राणी हुँ र?' उनले आफू सक्षम प्रहरी अधिकारी नै रहेको पुष्टिको प्रयास गर्दै भने, 'यसअघि म गुलेली र चङ्गा खेलाएर बसेको छु र काठमाडौँको प्रहरी प्रमुख हुन नमिल्न?'

उनले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काठमाडौँ प्रमुख इच्छा विपरीत भएको भन्ने हल्ला मात्र भएको दाबीसमेत गरे ।

फन्डा हैन काम गर्छु

जोशीले काठमाडौँको शान्ति सुरक्षाको लागि फन्डाभन्दा आफूले काम गरेर देखाउने दाबीसमेत गरे।

जोशीले 'गृहमन्त्रालय र प्रहरी प्रधान कार्यलयको निर्देशनअनुसार  काम गर्ने बताए। जबकी परिरसको सीधा सम्बन्ध गृहसँग हुन्न। प्रहरीको चेन अफ कमाण्डमा परिसर महानगरीय प्रहरी कार्यालयको मातहतमा रहने निकाय हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell