PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

राष्ट्रिय बहिरा क्रिकेटमा काठमाडौं र मोरङको जित, सेमिफाइनल समिकरण पुरा



पहिलोपोस्ट

काठमाडौं : आठौं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिताअन्तर्गत विहिबार तेस्रो दिनको खेल समाप्तीपछि सेमिफाइनल समिकरण पुरा भएको छ।

विहिबिार भएको समूह चरणको खेलमा काठमाडौं र मोरङ विजयी भए। काठमाडौंले कास्कीलाई ४ विकेटले तथा मोरङले झापालाई ८१ रनले पराजित गर्‌यो।

यस सँगै समूह ए बाट दुवै खेल जितेको मोरुङ समूह विजेता तथा एक खेल जितेको बाँके उपविजेता बनेका छ। समूह बी बाट दुवै खेल जितेको काठमाडौ समूह विजेता बनेको छ भने एक खेल जितेको सुनसरी उपविजेता बनेको छ। 

अब सेमिफाइनलमा मोरङले सुनसरी तथा काठमाडौंले बाँकेसँग खेल्नेछ। आ आफ्नो समूहमा दुवै खेल हारेका कास्की र झापा भने समूह चरणबाटै बाहिरिएका छन्।

पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा भएको खेलमा काठमाडौंले कास्कीले दिएको ८७ रनको लक्ष्य १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‌यो। काठमाडौको जितमा रिवेश श्रेष्ठ र सिद्धार्थ लामाले समान १८ रन बनाए भने संगा पार्खिनले नटआउट १७ रन जोडे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कास्की १५.५ ओभरमा ८६ रनमै अलआउट भयो। कास्कीका लागि शेर विक्रम शाहीले १६ तथा राम अधिकारीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन्। कास्कीलाई अलआउट गर्न काठमाडौका प्रनण भट्टराई, विमल गुरुङ, सिद्धार्थ लामा र रिवेश श्रेष्ठले २/२ विकेट लिए।

अर्को खेलमा झापा विरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको मोरङले ६ विकेट गुमाएर १५६ रन बनायो। उसका लागि जुल्फाकर अन्सारीले नकआउट रहदैँ ३० रन बनाए भने लालन चौधरीले १८ रन जोडे। 

जवाफमा १५७ रनको लक्ष्य पछ्याएको झापा १३.३ ओभरमा ७६ रनमा अलआउट भयो। झापाका विवेक पौडेलले नटआउट रहँदै २६ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुनसकेनन्। झापाका ४ खेलाडीले खाता समेत खोल्न सकेनन्। झापालाई अलआउट गर्न मोरङका लालन चौधरी र मोहम्मद सविरले ३/३ विकेट लिए भने वैदाना चौधरीले २ विकेट झारे।

६ टोलीको सहभागी रहेको प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell