
झापा : मनाङ मर्स्याङदी क्लब झापामा जारी दोस्रो झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। विहिबार सम्पन्न खेलमा एनआरटीलाई ४-० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।
मनाङको जितमा निराजन मल्ले २ गोल गरे भने सुशिल लामा र ओलावाले आफिजले १/१ गोल गरे। मनाङले अब फाइनल प्रवेशका लागि नेपाल आर्मीसँग प्रतिस्पर्धा गर्नेछ।
नियमित कप्तान अनिल गुरुङ बिनै मनाङ एनआरटी विरुद्व मैदान उत्रेको थियो। यस्तै डिफेण्डर विराज महर्जनले पनि चोटका कारण १२ औं मिनेटमा मैदान छाडेका थिए।
महर्जनको स्थानमा पूर्व यु १६ राष्ट्रिय हेमका कप्तान हेमन्त थापा मगर मैदान प्रवेश गरेका थिए। हेमन्तको मनाङको लागि यो डेब्यु खेल हो।
पोखरामा सम्पन्न आहा रारा गोल्डकपमै टीममा रहेपनि हेमन्तले डेब्यु गर्ने अवसर पाएका थिएनन्।
हेटौंडा गोल्डकपको फाइनलमा आर्मीसँग पराजित भएयता मनाङले सुदूरपश्चिममा प्रथम खप्तड गोल्डकप र पोखरामा १५ औं आहा रारा गोल्डकपको उपाधि जितितसकेको छ।
(फोटो : गोलनेपाल डट कम)