PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन : दिदीभाइ नङशलदेवी र रत्नजीत तामाङ च्याम्पियन



पहिलोपोस्ट

कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन : दिदीभाइ नङशलदेवी र  रत्नजीत तामाङ च्याम्पियन

काठमाडौं : त्रिभुवन आर्मी क्लबका दिदीभाइ नङशलदेवी र रत्नजित तामाङ ‘१३ औं राष्ट्रव्यापी कृष्णमहोन स्मृती खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७३’ एकलतर्फ च्याम्पियन बनेका छन्।

विहिबार सम्मपन्न पुरुष एकलको फाइनल खेलमा रत्नजीत तामाङले आफ्नै क्लबका  नविन श्रेष्ठलाई २१–१७, २१–९ ले पराजित गरि उपाधि जितेका हुन्।

महिला एकलतर्फको फाइनल खेलमा नङशलदेवीले सशस्त्र प्रहरी बलको एपीएफकी शिक्षा श्रेष्ठलाई २१–१७, २१–१७ ले पराजित गरि उपाधि हात पारिन्।

प्रतियोगिताको पुरुष युगलतर्फको खेलमा पनि रत्नजीत र नवीन श्रेष्ठको जोडी च्याम्पियन बन्यो। रत्नजित र नविनको जोडीले एपीएफका विजित थापामगर र विशाल प्रधानको जोडीलाई २१–१८, २१–१४ ले पराजित गर्दै उपाधि जिते।

प्रतियोगितामा पुरुष एकलतर्फ प्रथम हुनेलाई नगद ६० हजार रुपैयाँ, महिला एकलतर्फ प्रथम हुनेलाई नगद ५० हजार रुपैयाँ तथा पुरुष युगलतर्फ प्रथम हुनेलाई २५ हजार रुपैयाँ, प्रमाणपत्र र ट्रफि प्रदान गरियो। 

यसैगरी ‘नवौं सहवीर स्मृती खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’मा पुरुष एकलतर्फको च्याम्पियन समरक्षकभूषण बज्राचार्य तथा महिला एकलतर्फको च्याम्पियन मायांका राणालाई ट्रफी तथा नगद प्रदान गरियो।

लनटेनिस प्रतियोगितामा पुरुष एकल तथा महिला एकलतर्फको इभेन्ट्समा प्रथम हुन सफल खेलाडीले जनही ६० हजार रुपैयाँ प्राप्त गरेका छन्।
 
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले विजेता खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

सोहि अवसरमा ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी समेत रहेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले प्रायोजन गरेका ‘उदयमान ब्याडमिन्टन खेलाडी पुरस्कार’ प्रिन्स दाहाललाई प्रदान गरिएको छ। 
    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell