PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

एउटा ट्विट गर्दा यसरी फसे कपिल शर्मा, अदालतमा मुद्दाको तयारी



पहिलोपोस्ट

एउटा ट्विट गर्दा यसरी फसे कपिल शर्मा, अदालतमा मुद्दाको तयारी

भारतीय कमेडी किङ कपिल शर्माले गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै मुम्बई महानगरपालिकाका एक अधिकारीले उनीसँग घुस मागेको दाबी गरे। उनी यत्तिमै रोकिएनन्। उनले मोदीले अगाडि बढाएको 'अच्छे दिन' लाई समेत उडाउँदै व्यङ्ग्य गरे।

भारतीय टेलिभिजन इन्डष्ट्रिका स्ट्यान्डअप कमेडी किङ्ग शर्माको ट्विटको असर नपर्ने कुरै भएन। तत्काल मुम्बईका मुख्यमन्त्री देवेन्द्र फडणवीसले घूस माग्ने अधिकारीको नाम सार्वजनिक गर्न आग्रह गर्दै कारवाहीको वाचा गरे। तर शर्माले नाम सार्वजनिक गरेनन्। आफ्नो कार्यालयका कर्मचारीमाथि गम्भीर आरोप लागेपछि बिएमसीले कारण खोतल्न थाल्यो र शर्माले मुम्बइमा किनेको नयाँ घरबारे अनुसन्धान सुरु गर्‍यो।

अनुसन्धनमा शर्माले पुरानो घर किनेर भवन मापदण्ड उलङ्घन गरेर आफू अनुकूल पुनर्निर्माण गरेको खुलेपछि अहिले कारवाहीको तयारी अगाडि बढाएको छ।

बिएमसीको रिपोर्टको आधारमा प्रहरीले घर पुनर्निर्माणमा संलग्न ठेकेदार र घर मालिकविरुद्ध अदालतमा मुद्दा लैजाने तयारी गरेको छ। मुम्बईमिररका अनुसार शर्मामाथि प्रहरीले महाराष्ट्र रिजनल टाउन प्लानिङ एक्टअनुसार केस दर्ता गरेर अनुसन्धान सकाइसकेको छ।

मुम्बईको ओसिवरा प्रहरी स्टेसनका वरिष्ठ इन्सपेक्टर सुभाष खानविलकरका अनुसार अनुसन्धानको काम सकिएको छ र चाँडै कोर्टमा अभियोगपत्र दर्ताको तयारी भइरहेको छ।

कपिल शर्मा मात्रै हैन, अर्का अभिनेता इरफान खान पनि उस्तै केसमा फसेका छन्। यी दुवैविरुद्ध प्रहरीले अदालतमा अभियोग पत्र लैजाने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell