PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

अत्याधुनिक उपकरण सिटी स्क्यान जिएसआईबाट उपचार सुरु



पहिलोपोस्ट

काठमाडौँ : मानव शरीरका जुनसुकै अङ्गको तस्बिर खिचेर उपचारमा सघाउने अत्याधुनिक उपकरण कम्युटराइज्ड टोमोग्राफी जेमस्टोन स्पेक्ट्रल इमेजिङ (सिटी स्क्यान जिएसआई) बाट नेपालमै सेवा प्रवाह थालिएको छ।

नवीनतम् प्रविधियुक्त उक्त उपकरणले मुटु र रक्तनलीलाई प्रष्टसँग देखाउने भएकाले मानवमा हुनसक्ने मुटु रोगको उत्कृष्ट उपचारमा यसको प्रयोग हुने गरेको सम्बद्ध चिकित्सकहरूले बताएका छन्।

रोटरी फाउण्डेशनको सहयोगमा जमलस्थित ग्रान्डी सिटी हस्पिटलको मणिहर्ष डाइग्नोष्टिक सेन्टरले मुलुकमा पहिलोपटक सुरु गरेको उक्त सेवाको स्वास्थ्यमन्त्री गगनकुमार थापाले यहाँ आज आयोजित एक कार्यक्रममा शुभारम्भ गरे।

करिब १६ करोड मूल्य बराबरको उक्त उपकरणबाट सबै चिकित्सकीय समस्याको समाधान दिनसक्ने बताइएको छ।

सो अवसरमा मन्त्री थापाले आम नेपालीलाई सहज ढङ्गले स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै जनसाधरणलाई सेवा प्रवाह गर्न अत्याधुनिक सुविधायुक्त सेन्टरसँग मिलेर काम गर्न सरकार तयार रहेको छ बताए।

'हामी सेन्टरसँग सहकार्य गर्न चाहन्छौँ, अधिकभन्दा अधिक सेवाग्राहीलाई लाभान्वित बनाऔँ'– निजी क्षेत्रसँग साझेदारी गर्ने सरकारी नीति सुनाउँदै उनले बताए।

निकट भविष्यमा सरकारले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने तयारी गरेको जानकारी दिँदै मन्त्री थापाले त्यसनिम्ति नवीनतम् प्रविधियुक्त उपकरण भएको केन्द्रको साथ र सहयोग सरकारलाई चाहेको बताए।

मणिहर्ष सेन्टरका अध्यक्ष रुप ज्योतिले संस्थागत सामाजिक उत्तरदायित्वबाट सेन्टर नचुक्ने बताउँदै सेवा प्रारम्भको अवसरमा विशेष छुटसहित न्यूनतम मूल्यमा सिटी स्क्यानको व्यवस्था गरिएको घोषणा गरे। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell