PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

सिमरा गोल्डकप : आयोजक नव जनजागृती उद्घाटन खेलमै पराजित, सरस्वती युथ क्लब क्वाटरफाइनलमा



पहिलोपोस्ट

सिमरा : आयोजक नव जनगागृती युवा क्लब आठौं सिमरा गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको छ।

विहिबार भएको उद्घाटन खेलमा काठमाडौंको सरस्वती युथ कलबसँग २-० ले पराजित भएपछि आयोजक प्रतियोगिताबाट बाहिरिएको हो।

सिमरा रंगशालमा भएको खेलमा राष्ट्रिय टोलीबाट खेलिसकेका गोलरक्षक विशाल श्रेष्ठ, अनन्त तामाङस्ता खेलाडीलाई खेलाएपनि नव जनगजागृतीले तयसको प्रभाव देखाउन सकेन। 

जितसँगै सरस्वती युथ क्वाटरफाइनलमा प्रवेश गरेको छ। सरस्वतीले अब क्वाटरफाइनलमा विजय युथ युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सिएमजी क्लब संकटा र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा ए डिभिजनका ५ र मोफसलका ५ गरी १० टोलीको सहभागिता रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell