PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

इच्छामृत्युबारे निर्णय गर्न सर्वोच्चले बोलायो एमिकस क्युरी



पहिलोपोस्ट

इच्छामृत्युबारे निर्णय गर्न सर्वोच्चले बोलायो एमिकस क्युरी

काठमाडौं : आफैं मृत्युवरण गर्न पाउने कानुनी अधिकार माग्दै २ वर्ष अगाडि परेको रिटमा सम्बोधन गर्दै सर्वोच्चले विस्तृत छलफलका लागि एमिकस क्युरी बोलाउने निर्णय गरेको छ।

अधिवक्ता उत्तमप्रसाद रिमालले करिब दुई वर्षअघि दायर गरेको रिट निवेदनबारे सुनुवाई गर्दै इच्छामृत्युको कानुनी अधिकारका विषयमा छलफलका लागि न्यायाधीश गोपाल पराजुली र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको हो । 


सो विषय गम्भीर प्रकृतिको भएकाले फैसला अगाडि बृहत् छलफल आवश्यक देखिएको भन्दै दुबै न्यायधिषले एमिकस क्युरी बोलाउने निर्णय गरेका हुन्।

मृत्यु हुन पाउने अधिकारको विषयमा बृहत् छलफलका लागि नेपाल बार एसोसिएनबाट तीन र सर्वोच्च अदालत बार एसोसिएसनबाट तीन वरिष्ठ अधिवक्ता वा अधिवक्ता उपलब्ध गराउन बारलाई अदालतले आग्रह गरेको छ । 


बाँच्न पाउने अधिकार जस्तै मृत्युवरण गर्न पाउने अधिकारको कानुनी रुपमा व्यवस्था गर्नुपर्ने आदेशको माग गर्दै अधिवक्ता रिमालले रिट निवेदन दायर गरेका थिए।

उनले निवेदनमा लामो समयसम्म कोमामा रहेका बिरामी, अशक्त र उपचार गरेर ठीक नहुने बिरामीलाई स्वेच्छाले मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था हुनुपर्ने माग गरेका छन्।
रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell