
सात मुस्लिम देशका नागरिकलाई अमेरिकाको भिषामा कडाई गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको आलोचना भइरहेकोबेला कुवेतले पाँच मुस्लिम देशका नागरिकलाई भिषामा कडाई गर्ने निर्णय गरेको छ।
कुवेतले पाकिस्तान सहित ५ देशका नागरिकलाई कुवेतको भिषा नदिने निर्णय गरेको छ। उसले भिषा नदिने निर्णय गरेको देशमा अमेरिकाले समेत प्रतिबन्ध नलगाएको पाकिस्तान समेत परेको छ।
इकोनोमिकटाइम्सका अनुसार कुवेलतले पाकिस्तानसहित सिरिया,इराक, अफगानिस्तान र इरानका नागरिकलाई भिषा नदिने निर्णय गरेको हो।
अतिवादी मुस्लिमहरु आफ्नो देशमा आउनसक्ने र त्यसले राष्ट्रिय सुरक्षाको जोखिम बढ्ने भन्दै उसले पाँच देशका नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको समाचारमा उल्लेख छ।
कुवेतले प्रतिबन्धमा परेका देशका नागरिकलाई कुवेतका लागि आवेदन नदिन भनेको छ। अमेरिकाले इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका नागरिकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।