PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

​महोत्सव पारेर नुवाकोटमा गोरु जुधाइयो



पहिलोपोस्ट

​महोत्सव पारेर नुवाकोटमा गोरु जुधाइयो

त्रिशूली :चौथो नुवाकोट महोत्सवमा पारेर आयोजकले गोरु जुधाएका छन्। नुवाकोट उद्योग वाणिज्य सङ्घको आयोजनामा बट्टारमा चलिरहेको चौथो महोत्सवको सातौं दिन महोत्सवमा सहभागी दर्शकलाई देखाउन गोरु जुधाइएको हो।

जिल्लाका तारुका र वेत्रावतीमा माघेसङ्क्रान्तिको दिन हरेक वर्ष गोरु जुधाउने परम्परा छ। महोत्सवमा तारुका र वेत्रावतीका दुई हल गोरुले डेढ घन्टा जुधाइएको थियो।

तारुकाका धर्मबहादुर श्रेष्ठ र वेत्रावतीका अष्टमान डङ्गोलका गोरुविचको प्रतिस्पर्धामा श्रेष्ठ तथा तारुकाका विष्णुलाल श्रेष्ठ र वेत्रावतीका चन्द्रबहादुर डङ्गोलको गोरुबीच भएको प्रतिस्पर्धामा श्रेष्ठको गोरुले जितेका थिए । विजेता गोरुधनीलाई रु १०–१० हजार र पराजित गोरुधनीलाई पाँच–पाँच हजार पाएका छन्।
रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell