PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

​प्रचण्डले स्ववियु चुनाव सार्ने प्रस्ताव गरेपछि देउवाले स्विकारे उमेर हद



रमेश वाग्ले

​प्रचण्डले स्ववियु चुनाव सार्ने प्रस्ताव गरेपछि देउवाले स्विकारे उमेर हद

काठमाडौं : उमेर हद सच्याउन प्रस्ताव राख्दा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले चुनाव नै सार्न प्रस्ताव गरेपछि आफू केही नसच्याई चुनाव गराउन तयार भएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताएका  छन्।

कांग्रेस सभापति देउवाले स्वतन्त्र विद्यार्थी युनियन चुनावका विषमा नेविसंघमा देखिएको विवाद मिलाउन बिहीबार विहान संसदीय दलको कार्यलयमा भएको बैठकमा उनले प्रधानमन्त्रीले चुनाव सार्ने प्रस्ताव गरेपछि आफुले उमेरहद स्विकार गरेको बताएका हुन्।

नेपाल विद्यार्थी संघ उमेर हदबारे विभाजित छ। उम्मेदवार हुन २८ वर्षभित्रको हुनुपर्ने नियम लागु भएपछि संघका नेता त्यसको पक्ष-विपक्षमा उभिएका छन्। एक समूह एकलौटी आन्दोलमा उत्रिएको छ।

सोही विवाद मिलाउन पार्टी पदाधिकारी, समन्वय समिति र नेविसंघ पदाधिकारीसँग देउवाले बैठक गरेका थिए। बैठकमा उनले प्रचण्डले स्ववियु चुनाव नै सार्न प्रस्ताव गरेकाले बिना सर्त चुनावमा जान विद्यार्थी संघलाई निर्देशन दिए।  'मैले प्रचण्डजीलाई मनाउन हर संभव प्रयत्न गरे तर सकिन,' देउवाको भनाइ उदृत गर्दै नेविसंघ सह-महामन्त्री प्रेम जोशीले भने, 'त्यसैले अब तपाईहरू विनासर्त चुनावमा जानुस।'

देउवाले चुनाव सुनिश्चित गर्न नेविसंघले सर्त छोडेर चुनावको तयारीमा लाग्नुपर्ने बताएका थिए। चुनावको विपक्षमा देखिने कुनै गतिविधि नगर्न देउवाले निर्देशन दिएका थिए। बैठकमा नेविसंघ उपाध्यक्ष उर्मीला थपलियाले नेविसंघमा अधिकांस क्याम्पसका एकाई अध्यक्षहरू २८ वर्ष उमेर नाघेको, उनीहरूलाई चुनाव लड्न रोक्दा चुनावी परिणाम नकारात्मक हुनसक्ने बताएकी थिइन्।

उनले विद्यार्थी हुन उमेर नतोकिएजस्तै उम्मेद्वार हुन पनि हद लागू नहुने र नेताहरूले पनि त्यो विषयमा बहस गरिदिनुपर्ने बताएकी थिइन्।
बैठकमा रामचन्द्र पौडेल र महामन्त्री सशांक कोइरालाले चुनावी तयारीमा जान भने।

'सभापतिले चुनावमा जानुस भनेपछि अब तपाइरू चुनावमा जानुहोस,' कोइराको भनाइ उदृत गर्दै जोशीले भने, 'अब कुनै तर्क गर्ने भन्दा चुनावी तयारी गरेर परिणाम हात पार्नेतर्फ सोच्नुहोस।'

प्रकाशरण महतले हप्काए  

बैठकमा नेविसंघ समन्वय समितिका संयोजक प्रकाशरण महत रिसाएका थिए । उनले तालाबन्दी गरेको र उमेर हद मान्दिन भनेको भन्दै संघका पदाधिकारीलाई हप्काए।
क्याम्पसमा आफूमात्र नेता बन्ने अनि जित्ने उम्मेद्वार छैन भन्ने तर्क गर्ने?,' महतले भने, 'लिडरका रूपमा त असफल हुनुभयो नि।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell