PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

ट्विटमा ​ट्रम्पलाई ७ वर्षिय बालिकाको प्रश्न : कहिल्यै २४ घन्टा भोकै बस्नु परेको छ ?



पहिलोपोस्ट

ट्विटमा ​ट्रम्पलाई ७ वर्षिय बालिकाको प्रश्न : कहिल्यै २४ घन्टा भोकै बस्नु परेको छ ?

सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति चित्त दुखाउँदै सिरियाकी एक ७ वर्षिय बालिकाले ट्रम्पलाई प्रश्न सोधेकी छिन्' के तपाई कहिल्यै लगातार २४ घन्टा भोकै बस्नुभएको छ।'

ट्रम्पलाई यसरी प्रश्न गर्ने बालिका हुन् सिरिया अलोप्पोकी बाना अलाबेद। उनले आफ्नो ट्विरटर अकाउन्टमा भिडियो राख्दै ट्रम्पको निर्णयप्रति चित्त दुखाउँदै प्रश्न सोधेकी छन्' के कहिल्यै तपाई लगातार २४ घन्टा केही नखाइकन र केही नपिइकन बस्नु भएको छ ? कृपया सिरियाको शरणार्थी बच्चाहरुको बारेमा सोच्नुस्।'


ट्रम्पले ७ देशका नागरिकलाई अमेरिका प्रवेश गर्न लगाएको प्रतिबन्धको वचाउ गर्दै खराव ब्यक्तीहरुलाई अमेरिका आउनबाट रोक्न यस्तो निर्णय गरेको ट्विट गरेपछि यीनै बालिकाले ट्विट गरेर गम्भिर प्रश्न सोधेकी थिइन्' के म आतंकवादी हुँ ।'

सिरिया सहित सात देशका नागरिकमाथी प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय सार्वजनिक भएसँगै उनले ट्विट गर्दै भनेकी थिइन' मिस्टर प्रेसिडेन्ट, शरणार्थीलाई प्रतिबन्ध लगाउनु खराव काम हो। यदि यो राम्रो हो भन्ने तपाइको विचार हो भने म एउटा कुरा भन्छु, अरु देशलाई पनि शान्तीपूर्ण बनाउनुहोस्।'
द्धन्द्धग्स्त देश सिरियामा बस्ने यी बालिका आफ्नी आमा फतिमाको सहयोगमा ट्विट गर्दै आएकी छिन्। उनी ट्विटरमा भिडियो पोष्ट गरेर त्यहाको अवस्था बताउँछिन्। ३ लाख ६७ हजारले उनलाई ट्विटरमा पच्छ्याउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell