PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

श्रीमानलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने महिला पक्राउ



पहिलोपोस्ट

वीरगन्ज : मकवानपुर प्रहरीले श्रीमान् हत्याको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।
 
हेटौंडा उपमहानगरपालिका–१८ घट्टेदमार बस्ने ४७ वर्षीय जोगबहादुर रुम्बाको हत्या  आरोपमा निजकै श्रीमती मिनमाया रुम्बा पक्राउ परेकी हुन्। माघ १५ गते राति आफ्नै घरमा दुईबीच विवाद हुँदा मिनमायाले श्रीमानको टाउकोमा धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएकी थिइन्। घाइते जोगबहादुरको हेटौंडाकै जिल्ला अस्पतालममा उपचारका लागि पुर्‍याएपछि मृत्यु भएको थयो।
 
मादक पदार्थ सेवन गरी उनीहरुबीच झगडा भएको प्रहरीले जनाएको छ। घटनालगतै मिनमाया फरार थिइन्। उनलाई हेटौंडाको रंगशाला चोकबाट पक्राउ गरी ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell