
कोपा डेल रे सेमिफाइनलम पहिलो लेगको अन्तर्गत विहिबार भएको सेल्टा भिगो र अलाभेज बीचको खेल बराबरीमा सकिएको छ।
सेल्टाको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको छ।
यी दुईबीचको सेमिफाइनल दोस्रो लेगको खेल फेब्रुअरी ७ मा अलाभेजको मैदानमा हुनेछ। अर्को सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले एथ्लेटिको मड्रिाई २-१ ले पराजित गरेको थियो।