
अफ्रिकन कप अफ नेशन्स अफकन २०१७ को उपाधिका लागि क्यामरुन र इजिप्ट भिड्ने भएका छन्।
विहिबार भएको दोस्रो सेमिफाइनलमा ४ पटकको विजेता क्यामरुनले घानालाई २-० ले पराजित गर्दै इजिप्टसँगको फाइनल भेट पक्का गरेको छ। घानाले पनि अहिलेसम्म ४ पटक अफ्रिकन कपको उपाधि जितेको छ।
क्यामरुन २००८ पछि पहिलो पटक फाइनलमा पुगेको हो। त्यसतिखेर क्यामरुन इजिप्ठसँगै फाइनलमा हारेको थियो।
क्यामरुनले पछिल्लो पटक २००२ मा उपाधि जितेको थियो भने घानाले १९८२ मा पछिल्लो पटक उपाधि जितेको थियो।
२०१५ मा पनि घाना फाइनलमा पुगेपनि आइभरीकोस्टसँग पराजित हुँदै उपविजेतामा समेटिएको थियो।
गावोनमा भइरहेको खेलमा क्यामरुनलाई जित दिलाउन माइकल एइनगाडेउ एनगाजुई र क्रिस्टियन बासागगले दोस्रो हाफमा १/१ गोल गरे।
इजिप्ट सर्बाधिक ७ पटकको अफ्रिकन कप विजेता हो।